संसद्लाई खरिद गरिएका गाडीमा प्राविधिक समस्या, अनियमितताको आशङ्का
सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ ।
गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।
सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहेका रामनारायण बिडारीसहित सङ्घीय संसद्का तीन सदस्यलाई छानबिन प्रक्रिया अगाडि बढाउन अख्तियारी दिएका छन् । औपचारिक रूपमा समितिलाई पत्र दिइएको छैन ।
सभापति बिडारीसहित प्रतिनिधिसभाका दुई समिति सभापतिलाई छानबिनका लागि अख्तियारी दिइएको हो । कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल र सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहलाई छानबिन प्रक्रिया अगाडि बढाउन सभामुखले आग्रह गरेका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण