सुदूरपश्चिममा बिहीबार सार्वजनिक बिदा
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ ।
यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते ९माघे सङ्क्रान्ति०मा सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिममा सदियौैैँदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक गौरा पर्वको बिदाका विषयमा भने प्रदेश सरकारले कुनै निर्णय नगरेकोप्रति स्थानीयको गुनासो बढेको छ । गौरा पर्वमा यसअघि विगतका वर्षमा सङ्घीय सरकारले गौरापर्व मनाइने क्षेत्रमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो । सांस्कृतिक पर्व गौरा र ‘ओल्के पर्व’मा बिदा दिने वा नदिने विषयमा सरकार अनिर्णित हुँदा मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धनप्रति उदासिनता देखाइएको प्राध्यापक लेखराज ओझाले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण