कोहलीको शतकमा भारतले जित्यो सिरिज
कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो ।
वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा झारिएको थियो । भारतले ३५ ओभरमा जितको लागि दुई सय ५५ रनको लक्ष्य पाएको थियो । भारतले ३२.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
भारतको जितमा कप्तान विराट कोहलीले अविजित एक सय १४ रन बनाए । सानदार शतक प्रहार गर्ने क्रममा कोहलीले ९९ बलमा १४ चौका हानेका थिए । कोहरीको यो एकदिवसीय खेलमा ४३औं शतक हो । युवा खेलाडी श्रेयस ऐरले ६५ रन बनाए । केदार जाधवले अविजित १९, शिखर धवनले ३६ र ओपनर रोहित शर्माले १० रन बनाए । वेस्ट इन्डिजका एवियन एलिनले दुई तथा केमर रोचले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ३५ ओभरमा सात विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । वेस्ट इन्डिजले २२ ओभरमा दुई विकेटको क्षतिमा एक सय ५८ रन बनाउँदा वर्षा सुरु भएको थियो । त्यसपछि खेल ३५ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका लागि ओपनर क्रिस गेलले ७२ रन बनाए ।
इभिन लुईसले ४३, निकोलस पुरनले ३०, शिमरोन हिटमायरले २५, साई होपले २४, कार्लोस वर्थवेटले १६ र जोसन होल्डरले १४ रन बनाए । भारतका मोहम्मद खलील अहमदले तीन विकेट लिए । मोहम्मद शामीले दुई, युजभेन्द्र चाहल र रविन्द्र जडेजाले एक एक विकेट लिए । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेलमा पनि भारत डकवर्थ लेविसका आधारमा ५८ रनले विजयी भएको थियो । यी टोलीबीच अब दुई टेस्ट खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण