नेइमारको भविष्य अन्योलमा, बार्सिलोना र रियलको प्रस्ताव पीएसजीद्वारा अस्वीकार
स्पेनिस महारथि बार्सिलोना र रियल म्याड्रिडले ब्राजिलियन स्टार नेइमारलाई भित्र्याउन राखेको प्रस्तावलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले अस्वीकार गरेको छ ।
बार्सिलोनाले नेइमारलाई अनुबन्ध गर्न पीएसजीसँग फिलिप कोउटिन्हो र एक सय मिलियन युरोको प्रस्ताव राखेको थियो । यसअघि मिडफिल्डर इभान राकीटिचलाई पनि प्रस्तावमा सामेल गर्ने चर्चा चलेको थियो । तर बार्सिलोनाले पहिलो प्रस्तावमा राकिटिकलाई सामेल गर्न चाहेन । पीएसजीले बार्सिलोनाको उक्त प्रस्तावलाई ठाडै अस्विकार गरेको छ ।
यसैगरी स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि ग्यारेथ बेल र हामेस रोड्रीग्वेज सहित केही रकम थपेर नेइमारलाई ल्याउन गरेको प्रस्तावलाई पीएसजीले मानेको छैन । पीएसजीले नेइमार लाने भए रियलबाट भिनिसियस जुनियरको माग राखेको छ । तर रियलले भिनिसियसलाई दिन चाहेको छैन । बार्सिलोना र रियल अहिले नेइमारलाई अनुबन्ध गर्न कम्मर कसेर लागेका छन् । पीएसजीले नेइमार बेच्ने विषयमा रियल र बार्सिलोनामध्ये रियललाई बढी प्राथमिकतामा राखेको समाचार बाहिरिएका छन् ।
सन् २०१७ मा बार्सिलोना छाडेर विश्व कीर्तिमानी रकममा पीएसजी पुगेका नेइमारले पीएसजी छाड्ने पक्का जस्तै छ । प्रिमियर लिगमा खेलाडी अनुबन्धनको समय सकिसकेको छ । स्पेनिस लिग पनि सुरुवातको क्रममा रहेकोले नेइमार अनुबन्धको समय अब धेरै बाँकी छैन ।
त्यसैले पीएसजीले अब कस्को प्रस्तावलाई आत्मसात गर्ला भन्ने कौतुहलता बढेको छ । यससँगै नेइमारको भविष्य पनि अन्योलमा परेको छ । अघिल्ला दुई सिजन चोटका कारण समस्यामा रहेका नेइमार अहिले पीएसजीमा आलोचित भईरहेका छन् । नेइमारलाई पीएसजीका समर्थकले मैदानमै उत्रिएर क्लब छाड्न नाराबाजी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण