शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्रसरलाई राजस्व उठाउन दिँदा २१ लाख घोटला

शुक्रबार, ३१ साउन २०७६, ०७ : ४८
शुक्रबार, ३१ साउन २०७६

तामाकोशी गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरेवापत लिइने कर संकलनमा घोटला भएको विषयमा कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको छ । 

गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए । 

आर्थिक वर्ष २०७५/७६ को नदीजन्य निकासीवापत करमा २१ लाख रुपैयाँ घोटला भएको विषय सार्वजनिक भएपछि छानविन गर्न लागिएको हो । यो समाचार कोरोबार दैनिकमा दिलबहादुर केसीले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप