स्पेनिस ला लिगा : बार्सिलोना र बिल्बाओ भिड्दै
स्पेनिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । शुक्रबार राति हुने लिगको उद्घाटन खेलमा साविक विजेता बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दैछनन् । बिल्बाओको मैदानमा हुने खेलमा बार्सिलोना फराकिलो जित निकालन्ने अभियानमा छ ।
बिल्बाओ पनि बलियो बार्सिलोनालाई हराएर सुखद सुरुवात गर्ने तयारीमा छ । यस खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी खेल्ने छैनन् । प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले यस खेलमा मेस्सीलाई समावेश गरेका छैनन् । मेस्सी पिडौंलाको चोटका कारण फिजियो थेपारी गरेर बसेका छन् । मेस्सीले अझै एकसाता आराम गर्ने बताईएको छ ।
प्रशिक्षक भाल्भर्डेले मेस्सीलाई खेलाएर बार्सिलोनाले जोखिम नमोल्ने स्पस्ट पारेका छन् । बार्सिलोनामा स्टार खेलाडीको जमघट छ । बार्सिलोनाले यसै सिजन एन्टोइन ग्रीजम्यान, डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडीलाई अनुबन्ध गरेको छ । ब्राजिलियन नेइमार भित्र्याउन जोडबल गरिरहेको बार्सिलोनामा पूराना स्टारको पनि कमी छैन ।
यता बिल्बाओ युवा खेलाडीको जोसमा ला लिगामा उत्कृष्ट नतिजा निकाल्ने दाउमा छ । उसले यस सिजन एकजना पनि नयाँ खेलाडी किनेको छैन । आफ्नै एकेडेमीबाट उत्पादन भएका युवा खेलाडी बिल्बाओका हतियार हुन् । स्पेनिस ला लिगाको इतिहासमा अहिलेसम्म लेलिगेसनमा नपरेका यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण