मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र
नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।नगरवासीले सामाजिक सञ्जालमार्फत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् ।
मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले व्यवसायीको अनुरोधमा नयाँ भवन निर्माण शुरु गरिएको जनाएको छ ।
प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तलामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख राणाले बताए ।
यसैबीच शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन हिजो पत्र लेखेको हो ।
नेपालगञ्ज निवासी सो मन्त्रालयका मन्त्री मोहमद इश्तियाक राईको निर्देशनमा मन्त्रालयका इञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्र लेखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण