दुई पार्टी एक भएको बहानामा काँग्रेसले हार्ने कुरा मान्न सकिन्न्: देउवा
पोखरा– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई पार्टी एक भएको बहानामा काँग्रेसले हार्ने कुरा मान्न नसिकिने बताएका छन् । देउवाले कास्कीमा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानामा पोखरामा सुरु भएको गण्डकी प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले कास्कीमा हुन लागेको निर्वाचनलाई पार्टीले महत्वका साथ लिएको समेत बताएका छन् । ‘दुई पार्टी एक भएको बाहनामा काँग्रेसले हार्ने कुरा मान्न सकिन्न्,’ उनले भने, ‘सबै मिलेर पार्टीले उठाएको उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’ पार्टीले उठाएको उमेदवारलाई जिताउने गरि लाग्न समेत उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीको प्रदेश कमिटी निर्वाचनमार्फत बनाउने समेत उनले स्पष्ट पारे । साथै यही कार्यक्रमबाटै पार्टीको एकताको सुरुवात हुने समेत उनले भनाई राखे । सोही कार्यक्रममा सभापति देउवाले अन्य कार्यक्रममा जस्तै सरकारलाई आरोप लगाउन समेत भ्याए । ‘सरकार अधिनायकवादको बाटोमा अगाडी बढेको छ,’ उनले भने, ‘संविधानको मर्मविपरित एकपछि अर्को विवादित विधेयक संसदमा पेस गरेर सरकार लोकतन्त्र मास्नतिर उद्दत छ ।’
सभापति देउवाले सरकारले संसदमा पेश गरेका मिडिया विधेयक र मानवअधिकार आयोगको अधिकार कटौती गर्ने गरि ल्याएको विधेयक पास हुन नदिने समेत चेतावनी दिए । ‘चौतर्फी दवावपछि गुठी विधेयक फिर्ता गर्न सरकार बाध्य भयो,’ उनले भने, ‘अब मिडिया विधेयक र मानवअधिकार आयोगलाई संकुचित गर्ने गरि ल्याइएको विधेयक संसादबाट फिर्ता गर्न बाध्य पाछौं ।’
आफ्ना विरोधिहरुलाई तह लगाउन सरकारले अप्रजातान्त्रिक गतिविधि गरिरहेको देउवाको आरोप थियो । प्रधानमन्त्री कार्यालय अधिकार केन्द्रीत गर्ने, प्रधानमन्त्रीको एक निर्णयबाट सेना परिचानल गर्ने गरि विधेयक बनाउनु र कर्मचारीतन्त्रमा भएको राजनीतिकरणले सरकार लोकन्त्र मास्न लागिपरेको स्पष्ट हुने देउवाको भनाई थियो ।
कांग्रेसका अर्का नेता रामचन्द्र पौडेलले सोही कार्यक्रममा पार्टी बलियो भए मात्र कार्यकर्ता बलियो हुने बताए । ‘व्यक्तिगत स्वार्थको लागि आफुलाई बलियो बनाउ न,’ उनले भने, ‘गुटबन्दीले पार्टीलाई बलियो बनाउने हैन । पार्टीमा व्यक्ति बलियो बनाउने प्रवृत्ति हाबी हुनुहुँदैन पार्टीमा पार्टी बलियो बनाउने प्रवृतिलाई हाबी गराउनुपर्छ ।’
सभापति देउवातर्फ इंगित गर्दै उनले भने, ‘यो देउवा पनि नभन्नोस्, त्यो पौडेल पनि नभन्नोस् नेपाली काँग्रेस भन्नोस् । नेपाली काँग्रेसको आचरण र चरित्र के हो, त्यसलाई सम्झनोस् वीपी इतिहासलाई सम्झनोस् आचरण र चरित्रलाई सम्झनोस् ।’
अर्का नेता कृष्ण सिटौलाले प्रदेश र स्थानीय तहमा पार्टी संरचना छिटो बनाउनुपर्ने बताए । पार्टी संरचना नहुँदा प्रदेश संसदीय दल र स्थानीय तहको नेतृत्व अलमलमा परेको सिटौलाको भनाई थियो । महाधिवेशन प्रतिनिधि सहभागी प्रशिक्षण दुई दिनसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण