डाक्टरविहीन हुँदै सुदूरपश्चिम
शनिबार, ३२ साउन २०७६, ०६ : ३४
समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् ।
नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापना अन्य प्रदेशमा भएको छ ।
अन्यत्रबाट भने एक जना मात्रै पदस्थापना हुने सूची प्रकाशन भएको छ ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए ।
सेतीमा २४ जनाको दरबन्दीमा तीन जना मात्रै बाँकी रहने भएका छन् । ११ औं तहका डाक्टर पाण्डेय १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशी बाहेकका डाक्टरको सरुवा भइसकेको छ ।
यो समाचार अन्नपूर्ण दैनिकमा शिवराज भट्ट र भगीरथ अवस्थीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण