खुर्पाले घाँटी रेटेर हत्या श्रीमतीको हत्या
गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
“छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उनले भने, “१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।
हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
“उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन : पूर्वअर्थमन्त्री पौडेल
-
नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता
-
पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रशारणमा सम्झौता
-
जसपा नेपालको केन्द्रीय समिति : विभाजनमा संलग्न नेताहरूको आलोचना
-
रवि लामिछानेका कारण दोहोरो सङ्कटमा प्रचण्ड
-
सहकारी समस्या समाधान नगरे आन्दोलन गर्ने कास्कीका राजनीतिक दलहरूको चेतावनी