संसद बैठकमा तीन प्रतिवेदन पेश
आइतबार, ०१ भदौ २०७६, १४ : ३७
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरिन् ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठका तर्फबाट सांसद कृष्णगोपाल श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र ‘२०७६ असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६’ पनि पेश गरे ।
गत वर्ष चैतमा बारा र पर्सा एवं त्यसपछि कैलाली तथा कञ्चनपुरमा गएको हावाहुरी क्षेत्रको स्थलगत अनुगमनको प्रतिवेदन पनि सँगै रहेको उनले सदनसमक्ष जानकारी गराए । सो क्षेत्रमा समितिले वैशाख ६ देखि ८ गतेसम्म अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण