मोदी दुई दिने भ्रमणको लागि भूटानमा, विमानस्थलमै रातो कार्पेट ओछ्याएर स्वागत
एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणको लागि भूटानमा छन् । भ्रमणको क्रममा शनिवार मोदी र उनका भूटानी समकक्षी लोटे छिरिङबीच विभिन्न विषयमा लमो कुराकानी भयो । त्यसक्रममा तिनले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप वृद्धि गर्ने कुराकानी भयो । साथै दुई नेताले दुई देशको सम्बन्धलाई नविकरण गर्नको लागि १० वटा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
‘हामीबीचमा महत्वपूर्ण भेटघाट भयो । त्यसमा हामीले भारत र भूटानको सम्बन्धबारे छलफल गर्यौं । हाम्रो देशबीच आर्थिक र सास्कृतिक सम्बन्ध सुधार गर्ने ठूलो सम्भावना छ,’ मोदीले भने । दुई देशले अन्तरिक्ष अनुसन्धान, उड्डयन, प्रविधि , उर्जा र शिक्षासम्बन्धमा १० वटा एमओयूमा हस्ताक्षर गरे ।
शनिबार भूटान ओर्लदा मोदीको जहाज सम्मनै रातो कार्पेटले स्वागत गरिएको थियो । र मोदीलाई स्वागतको लागि भूटानी प्रधानमन्त्री स्वयम विमानस्थल गएका थिए । यो भ्रमण मोदीको दोस्रो भुटान भ्रमण हो भने प्रधानमन्त्रीको रुपमा पुनः निर्वाचित भएपछिको पहिलो भूटान भ्रमण हो ।
मोदीले भूटानमा रु–पे कार्ड सेवा पनि सुरुवात गरे । यो भारतीय विधुतीय भुक्तानी सेवा हो । मोदी भुटानको लागि उड्नुअघि शुक्रवार एउटा वक्तव्य जारी गरेर हिँडेका थिए । त्यसमा उनले हिमाली राष्ट्रको भ्रमणले उनको देशले भूटानलाई दिएको महत्वलाई प्रतिविम्बित गरेको लेखेका थिए । photo- THe Wire
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण