काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार जना पक्राउ
एजेन्सी -दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन् ।
काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत छानविनका लागि हिरासतमा लिइएको छ ।” उक्त ऐनले कुनै पनि व्यक्तिलाई अभियोग वा सुनुवाई विना नै दुईबर्षसम्म् थुनामा राख्ने व्यवस्था छ । यद्यपि उक्त कानूनलाई भारत मै पनि विवादास्पद मानिन्छ ।
“पक्राउ परेका अधिकांशलाई काश्मिरमा राख्ने व्यवस्था नहुँदा हवाई मार्ग हुँदै मुलुकका विभिन्न स्थानमा रहेका हिरासतमा राखिएको छ, ” उनले भने । उनले काश्मिरमा टेलिफोनलगायत अन्य सञ्चारमाध्यम अवरूद्ध भएका समय आफूले यो तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्नका लागि आफूलाई उपलब्ध गराइएको सेटेलाइट फोनमार्फत साथीहरूको सहयोग लिएका पनि बताए ।”-एएफपी/photo-EPA
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण