नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, जयशङ्कर नेपाल आउँदै
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् ।
भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ ।
नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण