चितवनमा सर्वदलीय बैठक : भयो यस्तो सहमति
काठमाडौँ– चितवनमा पछिल्लो समय भएको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउनेसहितका तीनवटा महत्वपूर्ण निर्णय गरेको हो ।
न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्याउँन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनैपनि किसिमको खलल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।
उनले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्ने समाचारमा सत्यता नभएको दावी समेत गरे ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताए । ‘त्यस्तो केही घोषणा गरिएको छैन । शान्ति सुरक्षा कायम गर्न प्रहरी तैनाथ छ’ एसपी मल्लले रातोपाटीसँग भने ‘अहिले चितवन शान्त छ ।’
पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ भने लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण