बुधबारदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक
काठमाडौं–नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौँमा सुरु हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहीबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए । बैठकमा राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुने भएको छ । यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।
यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने भएको छ ।
यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत पाकिस्तान बीच बढ्दो तनाव र काश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिए ।
यो दुई देश बीचको विषय भएको र यसलाई बार्ता र सहमतिबाट मात्रै निकाश खोज्न सकिने विश्वास ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण