प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान
सोमबार, ०२ भदौ २०७६, २१ : ५५
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय र दुई दलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसको बैठक बोलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाले रातोपाटीलाई जानकारी दिए ।
दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको हो । यसअघि आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै साता पूर्णता दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण