लोकन्थलीमा ४० मिटर सडक भासियो : स्थानीयका ५ घर जोखिममा
भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ स्थित लोकन्थलीमा गएराति गएको पहिरोका कारण पाँच घर जोखिममा परेका छन् ।
सडक भासिएर पहिरो जाँदा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको घर जोखिममा परेकाे हाे ।
सो स्थानमा व्यवसाय गर्दै आएका व्यापारी प्रकाश भण्डारीको पसलको सामान गए रातीनै भक्तपुरस्थित वीरदल गणबाट खटिएका सैनिक र नेपाल प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उक्त क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातार पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेको स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गत वर्षदेखि नै उक्त स्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण