लोकन्थलीमा ४० मिटर सडक भासियो : स्थानीयका ५ घर जोखिममा
भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ स्थित लोकन्थलीमा गएराति गएको पहिरोका कारण पाँच घर जोखिममा परेका छन् ।
सडक भासिएर पहिरो जाँदा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको घर जोखिममा परेकाे हाे ।
सो स्थानमा व्यवसाय गर्दै आएका व्यापारी प्रकाश भण्डारीको पसलको सामान गए रातीनै भक्तपुरस्थित वीरदल गणबाट खटिएका सैनिक र नेपाल प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उक्त क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातार पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेको स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गत वर्षदेखि नै उक्त स्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता