सर्वदलीय बैठक: सबै दलहरुलाई फेरि एकपटक एकजुट हुन प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्व र शक्तिहरू सक्रिय भएको भन्दै छलफल भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरि एकपटक एकजुट हुनुपर्नेमा जोड दिए ।
बैठकपछि सम्वाददाताहरुसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थामा लोकतान्त्रिक शक्तिहरु समझ्दारी साथ सहकार्य गर्न आवश्यक भएको धारणा राखेको बताए ।
प्रधानमन्त्रीले बैठकको सुरुमा विषय प्रवेश सँगै गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि निरन्तर आक्रमण हुन थालेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको बताए । साथै प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा बढ्दै गएको हिंसात्मक गतिविधिविरुद्ध एक भई सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नुभएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा सहभागी दलका शीर्ष नेताहरुले प्रधानमन्त्रीको धारणामा सहमत हँुदै लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न सरकारलाई साथ दिन तयार रहेको धारणा राख्नु भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आज बसेको बैठकमा समसामयिक राजनीतिसँगै प्रधामन्त्रीले आफ्नो स्वास्थ्यबारे नेताहरुलाई जानकारी गराएका थिए । भोली पुनः बैठक बस्ने भएको छ । भोलीको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयन र शान्ति प्रक्रियाका बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने विषय केन्द्रित छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण