सामाजिक सद्भावका लागि टीकापुरमा राष्ट्रिय सम्मेलन
धनगढी । सामाजिक सद्भाव कायम गर्न टीकापुरमा थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन भदौ ७ गतेबाट सुरु हुने भएको छ ।
थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
थरुहट र थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाको ज्यान गएको थियो । सोही दिनको सम्झनामा टीकापुरमा पहाडी र थारुको तिक्तताको अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्न सो सम्मेलनको आयोजना गरेको थारुवान÷थारुहटका नेता तथा पूर्व संसद कृष्ण कुमार चौधरीले बताए ।
भोलीबाट टीकापुरमा सरसफाइ गरी ६ र ७ गते सम्म रक्तदान कार्यक्रम गरिने उनले बताए । सम्मेलनको अवधिभर खानेपानी र पुुष्प गुच्छाले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतीकात्मक रुपमा थारुको घरमा पहाडी र पहाडीको घरमा थारु समुदायका मानिसलाई बसाउँने कार्यक्रम गरिने कार्यक्रम तय भएको थरुहट ÷थारुवानका नेता लक्ष्मण चौधरीले बताए ।
थरुहट ÷ थारुवान एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन संविधान संशोधन सहित थारुहट÷थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन भन्ने मूल नाराका साथ सम्मेलन सुरुहुने आयोजकले जनाएको छ ।
सम्मेलनमा तीन सय जना स्वयं सेवक रहने,कार्यक्रम स्थलमा सीसीटीभी क्यामरा जडान गरिने जनाइएको छ । सम्मेलनमा काठमाण्डौँ उपत्यका सहित थारुहट तराईका २४ जिल्ला र विदेशमा रहेका थारु संघ संस्थाहरुको उत्साहजनक सकृय सहभागिता हुने आयोजकले जनाईएको छ ।
आजै सद्भाव कायम गर्न फूलको गुच्छा समातेर पत्रकारहरु संग थारुवान÷थारुहटका नेता लक्ष्मण चौधरीले सामुहिक तस्विर समेत खिचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण