कर्णालीमा पाँच हजार साना उद्योग थप
काठमाडौं– आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन् ।
मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले घरेलु तथा साना उद्योगतर्फ तीन हजार ३९७, लघु उद्योगतर्फ ४२६ र वाणिज्यतर्फ एक हजार ९६५ उद्योग दर्ता भएको जानकारी दिए । मझौला र ठूला उद्योगहरु भने दर्ता भएका छैनन् । गाउँगाउँसम्म सडक र बैंक पुगेपछि साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको उनको भनाइ थियो ।
मन्त्रालयले प्रदेश राजधानीमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया यसै वर्षदेखि शुरु हुने जनाएको छ । ‘सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुमा छ हेक्टर जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिएको छ’, सूचना अधिकारी रोकायाले भने, ‘अहिले जथाभावी भइरहेको जडीबुटी सङ्कलनलाई एकद्वार गरी व्यवस्थित गर्न प्रयास गर्दैछौँ, त्यसकै लागि प्रशोधन केन्द्र खाँचो रहेको हो ।’
उनले वीरेन्द्रनगरको लाटीकोइलीमा सञ्चालित जडीबुटी प्रशोधन तथा भण्डारण केन्द्रलाई सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण