अज्ञात व्यक्तिद्वारा पोखरीमा विष हाल्दा रौतहटमा लाखौँको माछा नष्ट
रौतहट । अज्ञात व्यक्तिले माछापालन गरेको पोखरीमा विष हाल्दा रौतहटमा लाखौँको माछा मरेर क्षति भएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नं ९ डुमरियाका ओम प्रकाश साहको पोखरीमा विष हालेको कारण दुई लाखभन्दा बढिको माछा मरेको हो ।
अज्ञात व्यक्तिले गए राति ५ कठा क्षेत्रफलमा रहेको माछा पोखरीमा विष हाल्दा पोखरीमा रहेको अन्दाजी ८ क्वीन्टल माछा नष्ट हुँदा करीब दुई लाख दश हजार रुपैयाँ बराबरको क्षति भएको पीडित साहले बताएका छन् ।
विषको कारणले पोखरीमा पालिएको रोहा, नैनी, भकुरा लगायत विभिन्न जातका माछा नष्ट भएको पिडित परिवारले दुखेसो गरेका छन ।
रिसिइवीको कारणले कसैले पोखरीमा विष हालेको हुनसक्ने पिडित साहले बताएका छन् ।
वर्षभरी कडा मिहिनेत गरेर पालिएको माछा बेच्न योग्य हुने बेलामा आएर कसैले नष्ट गरिदिएपछि आफनो वर्षभरीको मिहिनेत र लगानी दुबै खेर गएको पीडित ओम प्रकाश साहले गुनासो गरेका छन् ।
पोखरीमा विष हाल्ने व्यक्तिको तुरुन्त पत्ता लगाएर पक्राउ गरी कडा कानुनी कारवाही गर्ने ईलाका प्रहरी कार्यालय कटहरियाका सई रुपेश कुमार झाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण