भक्तपुरको चारदोबाटोमा मोटरसाइकल र स्कुटर ठोक्कियो, चालकको मृत्यु
शुक्रबार, ०६ भदौ २०७६, १२ : ४३
भक्तपुर– भक्तपुरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका छन् ।
उक्त दुर्घटनामा दुबैतर्फ सख्त घाइते भएकोमा मोटरसाइकल चालक मध्यपुर ५ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक प्रविण लोहलाको उपचार भइरहेको र यसबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण