एकदिवसीय वरियतामा नेपाल खस्कियो
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो ।
नेपाल १६औँ स्थानमा झरेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो ।
नयाँ वरियता अनुसार नेपालले आठ खेलबाट १९ रेटिङ पाएको छ । वरियतामा नेपालभन्दा तल संयुक्त अरव इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।
शीर्ष स्थानमा इङ्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।
यसैगरी आईसीसी टी–२० वरियतामा भने नेपाल यथावत स्थानमा छ । नेपाल ११औं स्थानमा छ ।
टी–२० वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्यान्ड छन् । शीर्ष स्थानमा पाकिस्तान छ । दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण