तस्विरमा हेर्नुहोस् राजधानीमा गौरा पर्वको रौनक
आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् ।
भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् ।
आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आइ बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन् । पौराणिक कालमा सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको संस्कृति विद्हरुको भनाइ छ ।
देशका अन्य भागमा महिलाहरुले तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको छ । गौरा पर्वमा महिलाहरुले आफ्नो परम्परा अनुसार नाच गान भजन गर्ने चलन छ । यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् ।
काठमाडौँको टुँडिखेलमा पनि आज दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासीहरुले देउडा नाचेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण