महिला चेम्बरको तीज मेला सुरु
शनिबार, ०७ भदौ २०७६, १० : ४८
काठमाडौँ- नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला–२०७६ शुक्रबारदेखि शुरु भएको छ । मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताइन् ।
उनले महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । चेम्बरका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलामा थप ऊर्जा थप्ने बताए। महिला चेम्बर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् । मेलामा महिलाले आफैँले उत्पादन गरेका ५० कक्ष राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा युवा सम्मेलन सुरु
-
एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी
-
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण
-
मुठभेडतर्फ संसद् : अरूलाई सदनमा बोल्नै नदिने कांग्रेसको नीति कति लोकतान्त्रिक ?
-
कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला
-
रविविरुद्ध आक्रामक कांग्रेस : सदन–सडकमै घेर्ने चेतावनी