भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन
नयाँदिल्ली– भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उनी ६६ वर्षका थिए ।
शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ । विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको जानकारी गराउछौं ।’
अरुण जेट्ली पछिल्लो दुई वर्षदेखि अस्वस्थ थिए । सन् २०१८ मा अरुणको मिर्गौला प्रत्यारोपण शल्यक्रिया गरिएको थियो । त्यस बेलादेखि नै उनलाई भीडमा नजान सल्लाह दिइएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा अरुणलाई मोदीको विश्वास पात्रको रुपमा हेरिन्थ्यो । त्यस अवधिमा अरुणलाई अर्थ मन्त्रालयबाहेक पदाधिकारीविहिन भएको जुनसुकै मन्त्रालयको जिम्मेबारी दिइएको देखिएको थियो ।
अर्थमन्त्रीको रुपमा नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकालको सबै पूर्ण बजेट अरुणले पेस गरेका थिए । तथापि उनको स्वास्थमा समस्या आएपछि सन् २०१९ को अन्तरिम बजेट उनका सहकर्मी पियुष गोयलले प्रस्तुत गरेका थिए ।
वकालत मुल पेसा रहेका अरुण जेट्लीले अटल विहारी बाजपेयी क्याबिनेटमा पनि रहेका थिए ।
इन्दीरा गान्धीले इमेजेन्सी लगाउदाँ अरुण विद्यार्थी नेताको रुपमा पक्राउ परेका थिए ।
जेलबाट छुटेर उनले जन संघबाट सक्रिय राजनीति सुरु गरेका थिए । जन संघ विघटन भएर भाजपा बनेपछि उनले सोही पार्टीबाट आफ्नो राजनीति अघि बढाए ।
सन् २००९ देखि सन् २०१४ मा भाजपा विपक्षमा रहदाँ, अरुण जेट्ली राज्य सभामा विपक्षी दलका नेता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण