‘पासवर्ड’ को ट्रेलरमा पनि सन्नीको आइटम
काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम नृत्य रहेको फिल्म हो ‘पासवर्ड’ । २७ भदौ रिलिज मिति तोकिएको फिल्मले अहिले ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको हो ।
नेपालबाट चोरिएर लण्डन पुर्याइएको एक मूर्तिको कथामा फिल्म बनेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्मको ट्रेलरमा सन्नीको आइटमले पनि प्रथामिकता पाएको छ । निर्माण युनिटका अनुसार उनी फिल्मको प्रिमियरका लागि नेपाल आउँदै छिन् । एक्सन–लभस्टोेरी फिल्मको अघिकांश छायांकन यूकेमा भएको हो ।
अनुप विक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत छ । निर्देशक बस्नेत स्वयंको फिल्ममा द्वन्द्व पनि छ ।
अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको ‘पासवर्ड’को पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । अंकित गौतमको कार्यकारी निर्माता रहेको फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण