मोफसलमा साम्राज्ञीसँग सेल्फी खिचाउने भीड
काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मोफसल टुर सकेर आज काठमाडौ फर्किदै छिन् । १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को प्रचारका लागि उनी केही दिन पहिले मोफसल यात्रामा निस्किएकी थिइन् ।
पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले व्यवसाय गरिरहेको छैन । यो अवस्थामा साम्राज्ञीको फिल्मले दर्शक फर्काउछ भन्ने बिश्वासमा धेरै छन् । तर केही भने विवादित बयान र तस्विरका कारण उनको क्रेज खस्किएको अनुमान लगाउँछन्
साम्राज्ञीको क्रेज बुझ्न र फिल्मको प्रचार गर्न ‘मारुनी’ युनिट कलाकारसहित मोफसल टुरमा निस्किएको थियो । टुरका लागि सबैभन्दा पहिले युनिट इटहरी पुगेको थियो । इटहरी चोकमा आयोजित कन्सर्ट ४ बजे सुरु हुने भनिएता पनि साँझको ७ बजेमात्र साम्राज्ञी र अभिनेता पुष्प खड्का पुगेका थिए । साम्राज्ञी आउने थाहा पाएर फ्यानले घन्टौ कुरेर उनको कार्यक्रम हेरेको निर्माण युनिटले जानकारी दिए । केही फ्यानले त बसेको होटमा समेत पुगेर साम्राज्ञीलाई भेटेको निर्माता पुनम गौतमले बताइन् ।

निर्माण युनिट इटहरीपछि चितवन पुगेको थियो । चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ परेको थियो । साम्राज्ञीसँग तस्वीर खिचाउन फ्यान स्टेज चढेपछि भने उनले फिल्मको सम्वाद बोलेर खुसी परेकी थिइन् ।
पोखराको कन्सर्ट भने पानीको कारण स्थगित भएको थियो । निर्माण युनिटले हिजो साँझ मोफसल टुरको अन्तिम कन्सर्ट नेपालगञ्जमा आयोजना गरेको थियो । कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी थिए ।
कन्सर्टमा अभिनेत्री साम्राज्ञीसँग सेल्फी खिचाउनेको भिड नै लाग्यो । ‘मोफसलमा साम्राज्ञीको क्रेज एक दमै रहेछ’ निर्माता गौतमले थपिन् ‘प्रमोसन टुरले फिल्मको प्रचार मात्र होइन । साम्रज्ञीको क्रेज बुझ्ने मौका मिल्यो ।’ ‘मारुनी’ नवल नेपालले निर्देशन गरेको फिल्म हो । यस अगाडि थुप्रै सफल फिल्म दिएका नेपाल आफ्नो पहिलाको फिल्म भन्दा ‘मारुनी’ फरक र राम्रो फिल्म भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण