पुडासैनी मृत्यु प्रकरणः प्रहरीले जुटायो १०० प्रमाण
चितवन– चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’विरुद्धको अभियोगपत्रमा एकसय वटा दशी प्रमाण जुटाएको छ ।
दशीको समान वा कसुरसँग प्रमाण लाग्ने अरु चीज बस्तु भन्दै प्रहरीले विभिन्न कागजात दशी प्रमाणका रुपमा जुटाएको हो ।
जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्कासहित अनुसन्धान अधिकारीहरुको आचारसंहिता, शालिकराम पुडासैनीको कल कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु रहेका छन् ।
त्यस्तै पक्राउ पुर्जी प्रतिवादीहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन,प्रतिवादीहरुको नागरिकताको फोटोकपी,प्रहरी प्रधान कार्यालय कार्य एव् अपराध अनुसन्धान विभागको परीक्षण प्रतिवेदन, प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहकको प्रतिवेदन, साउन ३० गते पक्राउका लागि पठाएको पत्र, प्रहरी निरीक्षक दयाकृष्ण भट्टको प्रतिवेदन लगायत छन् ।
शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए ।
शालिकरामले मर्नुअघि रेकर्ड गराएको भिडियोमा लामिछानेसहित तीन जनाको नाम उल्लेख रहेको पाइएपछि साउन ३० गते उनीहरु काठमाडौंबाट समातिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण