सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं– सिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको संचालक समितिको ३०८औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनी महानुभावहरुलाई आ.व. २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११लाख ३१ हजार ९ सय ४३ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ ।
संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण