नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, लकरको पनि सुविधा
सोमबार, ०९ भदौ २०७६, १९ : ३४
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ ।
शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरे ।
काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ ।
यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण