बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा एससङ्ग योङ्ग मोटर्सको मुस्सो ग्राण्ड ४एक्स४ प्रदर्शन

मङ्गलबार, १० भदौ २०७६, १५ : १०
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– वर्षकै ठूलो प्रदर्शन, नाडा अटो शो सुरु भएको छ । एससङ्ग योङ्ग मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ । 

भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा एससङ्ग योङ्गको स्टल नं. एच१४ मा कम्पनीले अधिकत्तम छुटका साथ विभिन्न आकर्षक अफर लिएर आएको जनाएको छ । नाडा प्रदर्शनी २०१९ मा एससङ्ग योङ्गले मुस्सो ग्राण्ड ४एक्स४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राखिएकोे छ जसको उद्घाटन अर्थ मन्त्री डा. युवराज खतिवडाबाट भएको छ । 

आकर्षक मूल्य र उपयोगिताको हिसाबले द मस्कुलर स्पोर्ट यूटिलिटी ट्रकको आफ्नै विशेषता छ । नेपालको लागि आईएमएस ग्रुपअन्तर्गन एससङ्गको एकल वितरक आईएमएस मोटर्सको ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी एसयूभीएस जसमा– रेक्सटन, कोरान्दो, टिभोली, एक्सएलभी र एक्टायन स्पोर्टस् र लेटेस्ट एसयूटी र मुस्सो रहेको छ ।

यो अफर अन्तर्गत एससङ्ग योङ्गले आफ्नो ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ । कोरियन लक्जरी एसयूभीएस भएको कारण एससङ्ग योङ्गले आफ्नो ग्राहकरुलाई भर्खरै मार्केटमा आएको सामसङ्ग ग्यालेक्सी नोट १० अफर गर्नेछ ।

रेक्सटन, कोरान्दो, टिभोली, एक्सएलभी र एक्टायन स्पोर्टस् मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल वेस्ट स्पोट एक्सचेन्ज सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ ।

प्रमुख अफरहरु बाहेक एससङ्ग योङ्ग मोटर्सले तल उल्लेखित थप अफरहरु पनि दिनेछ ।

१. एक वर्षको बिमा
२. एक वर्षको सवारी कर
३. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग
४. तीन वर्षको ध्बचचबलतथ
५. मासिक सरल किस्ता 
६. उचित ब्याजदर
७. २५ हजारसम्मको एक्सेसरीज्

नाडामा लन्च हुन गईरहेको मुस्सो ग्राण्ड मा एससाङ्ग योङ्गको नयाँ एसयूटी सुरुवाती मूल्य ७३ लाख ९९ हजार छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि २५ हजार बराबरको एक्सेसरिज् आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने छ ।

एससाङ्ग योङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छन जसको मुल कारन कम्पनीका दक्ष ईन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै एसयूभीएस, पिकअप ट्रक र एमपीभीएस रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप