आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अफवाह फैलाउनेहरुप्रति प्रचण्डको सचिवालयको आपत्ति

मङ्गलबार, १० भदौ २०७६, २३ : २४
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएर कुनै घटना नभएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगल आफ्नो फेसबुक अकाउन्टमार्फत सो जानकारी दिएका हुन् ।

सापकोटाले अध्यक्ष प्रचण्डप्रति केही कुत्सित मानसिकता भएका तत्वहरुले अफवाह फैलाउन खोजेको बताउँदै सो कार्यप्रति खेद समेत प्रकट गरेका छन् । उनले भनेका छन्: अध्यक्ष क.प्रचण्डप्रति  केहि कुत्सित मानसिकता भएका तत्वहरूले अफवाह फैलाउन खोजेकोप्रति खेद व्यक्त गर्दछु। कुनै केहि घटना नभएको सबैमा जानकारी पनि गर्दछु ।

मंगलबार सिंहदरबार आगाडि प्रचण्डमाथि सांघातिक हमलाको प्रयास भएको भन्ने अपुष्ट समाचार बाहिर आएपछि  सचिवालयले सो हल्ला फैलाउनेहरुप्रति खेद प्रकट गर्दै त्यसको खण्डन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप