अफवाह फैलाउनेहरुप्रति प्रचण्डको सचिवालयको आपत्ति
मङ्गलबार, १० भदौ २०७६, २३ : २४
१
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएर कुनै घटना नभएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगल आफ्नो फेसबुक अकाउन्टमार्फत सो जानकारी दिएका हुन् ।
सापकोटाले अध्यक्ष प्रचण्डप्रति केही कुत्सित मानसिकता भएका तत्वहरुले अफवाह फैलाउन खोजेको बताउँदै सो कार्यप्रति खेद समेत प्रकट गरेका छन् । उनले भनेका छन्: अध्यक्ष क.प्रचण्डप्रति केहि कुत्सित मानसिकता भएका तत्वहरूले अफवाह फैलाउन खोजेकोप्रति खेद व्यक्त गर्दछु। कुनै केहि घटना नभएको सबैमा जानकारी पनि गर्दछु ।
मंगलबार सिंहदरबार आगाडि प्रचण्डमाथि सांघातिक हमलाको प्रयास भएको भन्ने अपुष्ट समाचार बाहिर आएपछि सचिवालयले सो हल्ला फैलाउनेहरुप्रति खेद प्रकट गर्दै त्यसको खण्डन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण