मिडियाले बैङ्किङ क्षेत्रको छवि धमिल्याउने गरी समाचार प्रकाशन गरेको बैङ्कर्स संघको आरोप
काठमाडौँ । नेपाल बैङ्कर्स संघले मिडियाहरुले बैङ्किङ छवि बिगार्ने गरी समाचार प्रकाशन प्रशारण गरेको आरोप लगाएको छ ।
संघको आज बसेको बैठकले यस्ता समाचार रोक्न प्रेस काउन्सिलसँग छलफल गर्ने निर्णय गरेको छ । संघले आजको बैठकमा ३ वटा निर्णय गरेको छ ।
नेपाल स्टक एक्सचेन्जले बैङ्कहरुलाई ब्रोकरेज लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपछि बैङ्कहरुले सबै प्रक्रिया पुरा गर्दा पनि नेप्सेले लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको भन्दै तुरुन्त लाइसेन्स दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै नेपाल राष्ट्र बैङ्कबाट हालै जारी गरिएको परिपत्र मार्फत औसत व्याजदर अन्तर गणना गर्ने विधि लगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा संघले नेपाल राष्ट्र बैङ्कलाई लिखित रुपमा जानकारी गराएपनि सो संशोधनको विषयमा पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण