मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा पढ्दा पढ्दै ८  जना विद्यार्थी बेहोस, एक जनाको मृत्यु

बुधबार, ११ भदौ २०७६, १३ : २६
बुधबार, ११ भदौ २०७६

बुटवल– पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो ।  अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै  ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् ।

 ‘एक जना किशोर र ७ जना किशोरीहरु ट्युशन पढ्ने क्रममा रुँदै र बेहोस हुँदै ढलेका रहेछन्’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने ।  कमलाको उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको हो ।

जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का हुन् ।  छात्र रोशन थापा र छात्रा बुद्धिसरा गाहको अवस्था  गम्भीर रहेको छ । विद्यालयले बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक तुल्सी अर्यालले बताए । पाल्पाबाट डाक्टरको टोली अनुसन्धानका लागि त्यसतर्फ जाने तयारी भैरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप