पाल्पामा पढ्दा पढ्दै ८ जना विद्यार्थी बेहोस, एक जनाको मृत्यु
बुटवल– पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो । अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् ।
‘एक जना किशोर र ७ जना किशोरीहरु ट्युशन पढ्ने क्रममा रुँदै र बेहोस हुँदै ढलेका रहेछन्’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने । कमलाको उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको हो ।
जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का हुन् । छात्र रोशन थापा र छात्रा बुद्धिसरा गाहको अवस्था गम्भीर रहेको छ । विद्यालयले बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक तुल्सी अर्यालले बताए । पाल्पाबाट डाक्टरको टोली अनुसन्धानका लागि त्यसतर्फ जाने तयारी भैरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण