संविधान दिवसका दिन सार्वजनिक विदा, सञ्चारमन्त्रीले भने, ‘विदा गर्लफ्रेन्ड घुमाउनका लागि दिइएको होइन’
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् ।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफुले गरेको बताए । उ
नले संविधान दिवस अन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा–सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’
उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।
संविधान दिवस मूल समारोह समिति अन्र्तगत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार–प्रसार उपसिमितिले बुधबार सञ्चारक्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?