कलाकारलाई मन पर्यो ‘जाइरा’
काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जाइरा’को कलाकारले मन परेको बताएका छन् । मंगबार साँझ राजधानीको कुमारी हलमा आयोजित ‘सेलिब्रेटी शो’ फिल्म हेर्दै कलाकारले मन परेको प्रतिक्रिया दिएका हुन् । फिल्म हेर्न थुप्रै कलाकार निम्त्याइए पनि अभिनेता भुवन केसी, सुनिल थापा, रेखा थापा, गौरी मल्ल, सन्दीप क्षेत्री, खुस्बु खड्का, निर्मल शर्मा लगायत पुगेका थिए ।
फिल्म हेरेपछि अभिनेता भुवनले फिल्मको विषयवस्तु र नम्रताको भूमिका मन परेको बताए । उनले नेगेटिभ भूमिकामा अभिनय गरेकी श्रृजना रेग्मीको काम सबैभन्दा उत्कृष्ट लागेको सुनाए । अभिनेत्री गौरी मल्लले पनि अभिनेता भुवनकै कुरामा सहमति जनाइन् ।

‘राते काइला’ उपनामले परिचित कलाकार सुनिल थापाले अभिनेत्री नम्रताको भुमिका र कामको प्रशंसा गरे । अभिनेत्री केकी अधिकारीले फिल्म निकै फरक लागेको बताइन् । नम्रताको मेहनतको प्रशंसा गर्दै उनले भनिन्, ‘हामीहरु यस्तो फिल्म बनाउनुपर्छ भनेर सोच्छौं मात्र तर उहाँहरुले बनाएरै देखाउनुभयो ।’
फिल्म ‘जाइरा’मा नम्रतासँगै प्रमोद अग्रहरि, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण