के अफगानिस्तानको १८ वर्ष पुरानो युद्ध समाप्त होला ?
दाउद आजमी बीबीसी
अफगानिस्तान तालिबानले कतारमा अमेरिकासँग चलिरहेको कुराकानी अन्तिम चरणमा पुगेको र चाँडै नै सकारात्मक नतिजा सार्वजनिक हुनसक्ने बताएको छ ।
यदि अमेरिका र तालिबानबीच शान्ति वार्ता सफल भए अफगानिस्तानमा १८ वर्षदेखि चलिरहेको अस्थिरता समाप्त हुने सम्भावना अत्यधिक छ ।
यो अफगान शान्ति वार्ताको पहिलो चरण हो र यसको दोस्रो चरण पनि सुरु हुनेछ ।
यसको नतिजा यो हुनेछ कि अमेरिकी सुरक्षा बलले अफगानिस्तानबाट निस्कने आफ्नो योजना अगाडि राख्नेछ । दुई पक्ष मिलेर अमेरिकी सेना त्यहाँबाट कहिले फिर्ता हुने भनेर निर्णय गर्नेछन् ।
यसबाहेक तालिबानले अफगानिस्तानले भविष्यमा अन्य देशका लागि खतरा पैदा नगर्ने र अलकायदा जस्ता चरमपन्थी गुटसँग सम्बन्ध स्थापित नगर्ने प्रत्यायभूती दिनेछ ।
यी दुई बिन्दुमाथि पछिल्लो एक वर्षदेखि तालिबान र अमेरिका बीच शान्ति वार्ता चलिरहेको छ र अब कुराकानीको नवौं राउन्ड चलिरहेको छ । आशा छ कि यी दुई मामलामा केही दिनभित्र एउटा सम्झौता हुनेछ ।
त्यसपछि तालिबान र अन्य अफगान सँगै बस्नेछन् र अफगान शान्ति वार्ताको दोस्रो चरण सुरु हुनेछ ।
दोस्रो चरणको कुराकानीमा अफगान सरकार पनि समावेश हुनेछ । एक समूह तालिबानकामे हुनेछ र दोस्रो समूह काबुलबाट आउनेछ । काबुलको समूहमा वर्तमान सरकारको सदस्यबाहेक सिभिल सोसाइटी र राजनीतिक दलका प्रतिनिधी पनि हुनेछन् । यो एक किसिमको समावेशी प्रतिनिधिमण्डल हुनेछ ।
यी दुई पक्षबीचको कुराकानीमा कति समय लाग्छ भनेर अहिले स्पष्ट हुन सकेको छैन । यो एक मुश्किल मामला हुनेछ किनभने यी दुई पक्षले अफगानिस्तानको भविष्यको सिस्टम कुन प्रकारको हुनेछ, चुनावको केही भूमिका हुन्छ वा हुँदैन भन्ने विषयमा कुरा हुनेछ । यसका साथै, महिलाको हक, मिडियाको स्वतन्त्रता र अन्य नाथरिकको स्वतन्त्रताबारे निर्णय लिइनेछ ।
दोस्रो भ्रमणको कुराकानीम अमेरिकाको भूमिका त्यति महत्वपूर्ण हुनेछैन किनभने ऊ प्रेक्षकको भूमिकामा मात्र रहनेछ ।
पछिल्लो १८ वर्षमा अफगानिस्तानको समस्या कुराकानीमार्फत् सुल्झाइने सकिने भनेर पहिलो पटक निष्कर्ष निस्एिको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण