रिसव गौतमको पुस्तक ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ बजारमा
काठमाडौ । आर्थिक लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ ।
बिजनेस पाटी मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकमा मुलत ‘क’ बर्गका २८ बाणिज्य बैकहरुको प्रोफाइल समेटिएको छ । पुस्तकमा विकास बैक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिटयान्स कम्पनी र सहकारीहरुबारे पनि प्रकाश पारिएका छन् ।
पुस्तकको अर्को खण्डमा गौतमले नेपालको वित्तीय क्षेत्रबारेको विश्लेषणात्मक लेख रचनाहरु समेटेका छन् । आम मानिसमा वित्तीय पहूँच र चेतना अभिवृद्धि होस्, बैक वित्तीय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न किसिमका सेवा सुविधाहरुबारे र उनीहरुको पृष्ठभुमि समेत जान्न सकियोस् भन्नका लागि पुस्तक लेखिएको लेखक गौतमले बताए ।
बैकहरुको प्रोफाइल समेटिएको पुस्तक नेपालको सन्र्दभमा पहिलो भएको समेत गौतमले बताए ।
बिजनेसपाटी डटकमका सम्पादक समेत रहेका लेखक गौतमले भने, ‘पुस्तकबाट नेपालको बैंक वित्तीय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिने छ भन्ने मलाई लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण