काठमाडौंमा एक्जिमका ऋण व्यवस्था सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न
काठमाडौं– काठमाडौं स्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले २०७६ भाद्र १०–११ सम्म भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धि नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रमकोे आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल सरकारका कूल २७ कर्मचारीहरुको सहभागीता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए ।
सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रुपमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो ।
प्रशिक्षण कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात÷निर्यात तथा घरेलु करसम्बन्धि जानकारी दिए । कूल २८ भारतीय ठेकेदारहरुले यस प्रशिक्षणमा भाग लिए ।
भारत सरकारको ऋण सहयोगमा निर्मित परियोजनाहरुमा काम गरिरहेका नेपाल सरकारका कर्मचारीहरुकोे भविष्य निर्माण क्षमताको प्रयासमा सहयोग गर्न पनि दुवै पक्ष सहमत भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण