रामनाम
शनिबार, १४ भदौ २०७६, १० : ४८
-साकार बाबु सुबेदी
तिम्रै पाइला पछ्याउँदै धेरै पटक काम गरियो ।
ठूला ठूला महल तिम्रै लागि इन्तजाम गरियो ।।
भन्यौ गर्दै जाऊ काम तिमी बन्न सक्छौ मै जस्तै ।
मैदान आज तिमीलाई छाडी कामको सम्मान गरियो ।।
बाँच्न त मान्छे जसरी पनि बाँच्छ संसारमा साथी ।
मरेरै बाँचेकाहरुलाई एक पटक सलाम गरियो ।।
सिसै सिसा को घरमा विराजमान थिएँ राम्रै थियो ।
एक झटारोका कारण आफ्नै नाम बदनाम गरियो ।।
सक्नेसम्म थेग्ने हो साकार यो मगजले दवावहरु ।
बहुलाउन निको नलागेरै यसको रामनाम गरियो ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण