सरकारले इतिहासमै फड्को मारेको छ: मन्त्री पण्डित
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक बृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन् । मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ भए उदाहरण पेश गर्न पनि सञ्चारकर्मीहरुलाई चुनौती दिए ।
‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि नभएको’ मन्त्री पण्डितको भनाई छ । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोकसेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको पनि जानकारी दिए ।
मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले दृष्टान्त पनि पेश गरे ।
मन्त्री पण्डितले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?