सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

साग फुटबलको प्रारम्भिक टोली छनोट

आइतबार, १५ भदौ २०७६, २० : ३४
आइतबार, १५ भदौ २०७६

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि पुरुष र महिला फुटबलका लागि प्रारम्भिक खेलाडी टोलीको छनोट गरेको छ ।

एन्फाले आइतबार प्रशिक्षणमा खेलाडीबाट पुरुष र महिलातर्फ समान ३२÷३२ जना खेलाडी छनोट गरेको हो । पुरुष टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट ३२ जना छनोट गरेका हुन् ।छनोट भएका खेलाडीमा गोलरक्षकमा किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु र रोमन रसाइली छन् ।

रक्षकमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर र तेज तामाङ रहेका छन् । 

स्ट्राइकरमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र राजेश परियार छन् । सागमा यू–२३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा तीनजना सिनियर खेलाडी राख्न पाउने नियम छ । 

यसैगरी महिला टोलीका प्रशिक्षक हरि खड्काले प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट ३२ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् । छनोटमा परेका खेलाडीमा गोलरक्षकमा एन्जिला सुब्बा, अन्जना रानामगर र उषा नाथ छन् ।

रक्षकमा हिरा कुमारी भुजेल, गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम मगर, विमला विके, पुजा रानामगर, रोजिना श्रेष्ठ, घिम कुमारी गुरुङ, अमृता जैसी र कविता धिमाल छन् ।

मिडफिल्डरमा अन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, सर्मिला थापा, सबिता रानामगर र प्रिती राई छन् । स्ट्राईकरमा सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री र रश्मी कुमारी घिसिङ छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप