एटीएमबाट पैसा चोरीकाण्डः यसरी थाहा पायो बैंकले
काठमाडौं– नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ ।
एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ ।
प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए ।
यसरी थाहा पायो बैंकले
आजको राजधानी दैनिक लेख्छ–बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ । त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ । तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम खाली भएको देखियो । अस्वाभाविक रूपमा एटीएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरेका थिए ।
सुपरभाइजर अफिस आएर हेर्दा प्रभु बैंकको १२÷१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको देखियो । त्यसपछि बैंकले सीसीटीभी क्यामराको फुटेज हे¥यो । सोही समय एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको पनि कार्ड घोटिएको देखिएको छ । सीसीटीभीमा स्कुल जाने ब्याग जस्तोमा पैसा झिक्दै हालेको देखियो । उनीहरू विदेशी भएको त्यसैबेला थाहा भयो । कमलादी शाखाबाट पैसा झिकेका ती व्यक्ति नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए । त्यसबेला सीसीटीभी लाइभ थियो । लाइभमै तिनीहरूले पैसा झिकेको थाहा भएपछि बैंकले सुरक्षा गार्डलाई प्रयोग गरेर एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सो समय यस घटनाको रिपोर्टिङ अरू बैंकलाई समेत भइसकेको थियो । प्रभु बैंकले थाहा पाउनेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर गर्यो । त्यसपछि अन्य चार जना होटलबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट १ करोड ४० लाख रुपैयाँ बरामद गरिएको थियो । अझै केही चिनियाँ फरार रहेको प्रहरीको अनुमान छ । त्यसपछि तत्काल नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो ।
नबिल बैंकका कर्मचारीले एटीएम खाली भएको विषयलाई सामान्य रूपमा हेरेको भए मात्र पनि यो घटनाबारे आइतबार दिउँसो मात्र थाहा हुन्थ्यो । कर्मचारीले तत्कालै किन भयो भनेर हेरेका कारण बैंकहरूबाट थप पैसा निस्किन पाएन । नबिलको एटीएमबाट करिब ७० लाख रुपैयाँ जति पैसा निकालिएको छ । बाँकी पैसा अन्य बैंकबाट निकालिएको छ ।
प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरू मुख्य योजनाकार होइनन् । उनीहरूले लुटेको पैसामा १० प्रतिशत कमिसन पाउने समझदारी भएको देखिन्छ । नेपाली पैसा लुटेर त्यसलाई डलरमा परिवर्तन गर्ने काममा भने केही नेपाली पनि संलग्न हुन सक्ने अनुसन्धानमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण