नदीमा हराएका युवक मृत भेटिए
बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार बिहान १० बजे उनको शव पिडुरा नदिमा फेला परेको हो ।
तिलोत्तमा विद्यालय बुटवलमा कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिवनस्थित घर आएर आइतबार साथीहरुसँग पिडुरा नदिमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी डुबेपछि साथीहरु गाउँमा आएर होहल्ला गरेका थिए । त्यसलगत्तै अभिभावक र स्थानीयवासी खोज्न जाँदा नभेटिएको हातिवनवासी विनोद पाण्डेले जानकारी दिए ।
उनीहरुले सोमबार बिहानमात्र उनको शव फेला पारेका थिए । मृतक यादवको शव पृथ्वी चन्द्र अस्पतालमा पोष्टमार्टमको लागि लगिएको गोबरहिया प्रहरी चौकी इन्चार्ज सीवी ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण