सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नदीमा हराएका युवक मृत भेटिए

सोमबार, १६ भदौ २०७६, १४ : २२
सोमबार, १६ भदौ २०७६

बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार बिहान १० बजे उनको शव पिडुरा नदिमा फेला परेको हो ।

तिलोत्तमा विद्यालय बुटवलमा कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिवनस्थित घर आएर आइतबार साथीहरुसँग पिडुरा नदिमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी डुबेपछि साथीहरु गाउँमा आएर होहल्ला गरेका थिए । त्यसलगत्तै अभिभावक र स्थानीयवासी खोज्न जाँदा नभेटिएको हातिवनवासी विनोद पाण्डेले जानकारी दिए ।

उनीहरुले सोमबार बिहानमात्र उनको शव फेला पारेका थिए ।  मृतक यादवको शव पृथ्वी चन्द्र अस्पतालमा पोष्टमार्टमको लागि लगिएको गोबरहिया प्रहरी चौकी इन्चार्ज सीवी ओलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप