एटीएमबाट चिनियाँले चोरेको रकम साट्ने ३ नेपाली पक्राउ

काठमाडौं । चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई केही सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको पुष्टि गरे ।
पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् । प्रहरीका अनुसार उनीहरुले फरार रहेका चिनियाँ नागरिकको पैसा साटेका हुन् ।
शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् ।
उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो । डीएसपी बोगटीले घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दावी गरे ।
यसरी पैसा साट्नु गैरकानुनी भएको प्रहरीको भनाई छ । चिनियाँ नागरिकले साटेको २९ लाख ९९ हजार समेत प्रहरीले बरामद गरेको छ ।
हालसम्म विभिन्न बैंकको एटीएम सिस्टम ह्याक गरी पैसा चोरी गर्ने ९ जना पक्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति