पशुपतिमा राष्ट्रपति भण्डारी पुग्दा जे देखियो (फोटोफिचर)
काठमाडौं– नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेका छन् । बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरिन् । पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए ।
मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो । उनी फर्किएपछि भक्तजनलाई पुनः प्रवेश दिइएको छ । मन्दिर परिसरमा अझै लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् । तीजका अवसरमा पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनको भीड छ । लाम नसकिएसम्म पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिने सदस्य सचिव ढकालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ