ह्याकरको पैसा सटही गर्ने पक्राउ
काठमाडौं – बैंकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार फरार रहेका तीन जना ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै साटेका थिए ।
‘हामीले ह्याकरलाई समातिरहेको थियौँ, तर त्यही बेला फरार रहेका अन्य तीन जना ह्याकरलाई ति मनि एक्सचेन्जका सञ्चालकले भने नेपाली नोट लिएर डलर दिए’, उनले भने, ‘ह्याक गरेको मुद्रा सटही गरेकाले हामीले उनीलाई पक्राउ गरेका हौँ ।’ उनका अनुसार अन्य ह्याकरलाई शनिबार समातिएको थियो भने ति मनि एक्सचेन्जका सञ्चालकले भने त्यही दिनदेखि फरार रहेका अन्य ह्याकरलाई मुद्रा सटही गरेर दिएको देखियो ।
तीनै जनालाई बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको उनले जानकारी दिए । चिनियाँ नागरिकले शनिबार नबिल बैंकको बुथको एटिएम प्रयोग गरेर प्रभु बैंक, एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल–आइएमइलगायत बैंकबाट रु एक करोड २६ लाख २९ हजार ह्याक गरेर निकालेका थिए ।
प्रहरीले ह्याक गरेर पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई शनिबार र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिसकेको छ भने अन्य दुई फरार छन् । परिसरका प्रहरी नायब उपरीक्षक बोगटीले फरार रहेका दुई जनाको खोजि भइरहेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण