अध्यक्षद्वारा उपाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा
मङ्गलबार, १७ भदौ २०७६, ०६ : ४४
दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
खड्काको जाहेरीले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा ३२ बमोजिम उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता सञ्जीव कार्की, लोप्सन भनने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
खड्काले प्रतिवादी बनाउकामध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ मा प्रहरीले काठमाडौं सामाखुशीबाट नियन्त्रणमा लिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण